डिल्लीराम भट्टराई
ताप्लेजुङ, ७ असोज । ताप्लेजुङ जिल्ला प्रशासनले आउँदो असोज ११ गते देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव सहित आउनलागेका चार्ड पर्वहरुका समयमा कुनै पनि राजनीतिक दल, समूह तथा व्यक्तिलाई बन्द , हड्ताल साथै अवरोध तथा व्यवधान नगर्न अनुरोध गरेको छ ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष साथै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज ११ गतेबाट हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव र चाडपर्वहरुमा सबैलाई सहज तरिकाले मनाउन अनुरोध गरिएको छ ।
प्रशासन कार्यालयले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव र आउदै गरेको दशैं लगायत चाडपर्वहरु हर्ष उल्लासका साथ सम्पन्न गराउने प्रशासन कठिबद्धहुने समेत विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला सुरक्षा समितिले महोत्सव तथा चाडपर्वहरुमा कुनै पनि किसिमको अवरोध भए स्थानीय प्रशासन ऐन २०२८ एवं संक्षिप्त कार्यविधि ऐन २०२८ बमोजिम कानुनी कारबाही हुने चेतावनी दिएको विज्ञाप्तिमा उल्लेख छ ।
समग्र जिल्लाको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना भएको स्मरण गराउँदै जिल्ला सुरक्षा समितिले महोत्सवलाई अवरोध पुग्नेगरी (याक्थुम चुम्लुङ तथा मुकुम्लु्म संघर्ष समितिले असोज ९ गते देखि १३ गते सम्म यातायत बन्दको घेषणा गरेको तर्फ ईङ्गीत गर्दै) केही व्यक्तिहरुको समूहले असहयोगका कार्यक्रम घोषणा गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
धार्मिक, सांस्कृतिक तथा जातीय सहिष्णुता दिगो बनाउने उद्देश्य सहित विगत केही बर्ष देखि हुँदै आएको महोत्सवलाई यस पटक पनि निरन्तरता दिएको भन्दै जिल्ला सुरक्षा समितिले यो समयमा कुनै किसिमको अवरोध नगर्न तथा सक्रियतापूर्वक सहभागीता समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।
मुख्य गरि पाथीभराको दर्शन गर्न यसै बेला मानिसहरु आ–आफ्नो घरमा आउने जाने गर्ने तथा यही बेला पाथीभरा दर्शन गर्न आउने तीर्थालु समेत अत्याधिक हुने कुरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजवुत बनाइएको समेत विज्ञप्तिमा उल्लेख छ ।
पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहा ँस्थित भीमकाली गुल्म तीन वटै निकायको संयुक्त आयोजनामा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुन लागेको हो । २०६५ सालदेखि महोत्सव तथा म्याराथन हुँदै आयोजकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय