
केशवप्रसाद भट्टारई
ताप्लेजुङ, २९ भदौ । ताप्लेजुङ एक पर्यटकीय जिल्ला हो । नेपालको पुर्वी क्षेत्रको हिमली जिल्ला ताप्लेजुङबाट देशको राजधानी काठमाडौ धेरै टाढा रहेको छ । पांचथर, इलाम, झापाको बिर्तामोड, सुनसरीको ईटहरी, हुदैं दुईदिनको यात्रा पछि काठमाण्डौ पुगिन्छ ।
ताप्लेजुङमा विभिन्न जात जातीको बसोबास रहेको छ । क्षेत्री, बाहुन, नेवार, शेर्पा, लिम्बू ,तामाङ, मगर, राई, कामी, दमाई लगात विभिन्न जातजाति रहेका छन् ।
विशेष गरि ताप्लेजुङ जिल्लालाई लिम्बुवान अर्थात किराँती जिल्ला भनेर पनि चिनिन्छ । ताप्लेजुङ जिल्ला यातायात र पुर्वाधारको दृस्टिकोणले अति कमजोर छ । दुर्गम भए पनि यो जिल्लामा गुम्बा, मठमन्दिर, चर्च, हिमाल, चराचुरुङ्गी ,बन्यजन्तु लगायत अन्य मुल्यवान वनस्पतिले भरिपुर्ण रहेको पाईन्छ ।
वास्तव मै प्राकृतिक श्रोत साधनले भरिपुर्ण जिल्ला हो । जिल्लाको मात्र नभएर देश कै प्रसिद्ध धार्मिक स्थल पाथीभरा, नेपालको दोस्रो र बिश्वको तेस्रो कञ्चनजंघा हिमाल, १२ महिना उतिकै तफ्तारमा वगि रहने फुङफुङगे झरना, तिम्बुङ पोखरी जस्ता अत्यन्तै महत्वपूर्ण पर्यटकीय स्थलहरु यस जिल्लामा रहेका छन् । विभिन्न फूलहरु लालि गुँरासको सिजनमा ढकमम्क पूmेलेको मनमोहक दृष्यहरुले सोभायमान देखिन्छ ।
जिल्ला रेडपान्डा (हाब्रे), डांफे, मुनाल, लालिगुंरास, विश्वमा दुर्लभ हिउँचितुवा, घोरल, बनभेडा, कांडे भ्याकुर, मयुर लगायत अन्य हजारौं जिवजन्तुहरुले सोभायमा छ । यो जिल्ला जडिबुटीको खानी हो । यसजिल्लामा चिराईतो, पाँचऔले, बिख्मा, केन्जो, वुढी ओखती, पाखनवेद, खोक्किम जस्ता सयौं मुल्यवान जडिबुटीहरु छनु । ताप्लेजुङ जिल्ला कालो सुनको जिल्ला भरेर पनि चिनिन्छ ।
यहाको मुख्या नगदेबाली अलैंची अर्थात कालो सुन हो । यहा खेतीयोग्य धान कोदो मकै आलु जौ गहुँ फापर भट्मास आदि उत्पादन हुने गरेको छ । तमोर नदि¥याफटिङको लागि धार्मिक पर्यटकको लागि र पर्वतारोहणको लागि अत्तिनै महत्वपूर्ण मानिन्छ । यस जिल्लको पर्यटकीय क्षेत्रमा ध्यान जान नसकेको बुद्धिजीविहरु बताउछन् ।
देश बिकाशको लागि सबै भन्दा पहिला त पर्यटनको लागि व्यवस्थीत मोटर बाटो आर्थात पदमार्ग व्यवस्थीत चाहिन्छ । तर, अहिले सम्म कुनै पनि बाटोहरु व्यवस्थीत नहुदा पर्यटकीय गतिविधिमा सिथिलता आएको छ । यहाँका युवाहरुलाई रोजगारको व्यास्था नहुदा प्रायः सबै घरका युवाहरु बैदेशिक रोजगारिको लागि बिदेश पलायन भएका छन् ।