
इपूर्वपोष्ट
ताप्लेजुङ, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा मंसिर ४ गते हुने लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनमा उम्मेदवार बन्नेको लामो लर्को लागेको छ ।
एमालेका केन्द्रिय सचिब भट्टराई लागयत ५ जनाले प्रतिनिधि सभा ताप्लेजुङबाट प्रत्यक्ष तर्फ आकांक्षा प्रस्तुत गरेका छन् । सचिब योगेशकुमार भट्टराई, पोलिटव्यूरो सदस्य तिलकुमार मेन्याङबो, केन्द्रिय सदस्य पासाङ शेर्पा साथै टंक आङ्बुहाङ र प्रदेश कमिटि सदस्य रामप्रसाद सुवेदीले प्रत्यक्ष तर्फ निबेदन दिएको जिल्ला कमिटि ताप्लेजुङले जनाएको छ । हाल एमाले सचिब भट्टराई प्रतिनिधि सभाका सदस्य अर्थात साम्सद पनि रहनुभएको छ । केन्द्रमा सबैको दावेदारी रहेपछि सबैको नाम सिफारीस गर्ने तयारी रहेको जिल्ला कमिटिका अध्यक्ष भूपेन्द्र थेबेले बताउनुभयो ।
उता, केन्द्रीय प्रतिनिधि सभामा समानुपालिक तर्फ केन्दीय सदस्य समेत रहनु भएकी उर्मिला थेबे, पूर्व राजइ मन्त्रि ओङ्दी शेर्पा, लक्ष्मिबहादुर याक्सो, शिबकुमार गुरुङ, तारा नेपाली र मिरा नेपालीको निबेदन परेको छ ।
प्रदेश क्षेत्र नंं. ‘क’ मा प्रत्यक्ष तर्फ हाल सांसद रहनुभएका बलबहादुर साम्सुहाङ, सन्तोष खतिवडा, महेशकुमार गुरागाई, देउमान विष्ट, कुमार मादेन, भरतकुमार गुरुङ, हेमन्तकुमार उप्रेती, सुनिता थापा, नर्वदादेवी भण्डारी, गोपाल न्यौपाने र अनन्तबहादुर साँवाले निवेदन पेश गरेका छन् ।
उता, प्रदेश सभा ख तर्फ हाल प्रदेश साम्सद होमकुमारी साँबा, गोपाल थोप्रा, मणिशंकर पोमु, त्रिबेणी चोङबाङ, र चित्रगुप्त साँबाले दावेदारी पेश गरेकाछन् ।
प्रदेश सभाको ‘क’ र ‘ख’ मा समानुपातिक तर्फ १८ जनाको नाम परेको अध्यक्ष थेबेले बताउनुभयो । १८ जनामा आदीबासी जनजाति महिला तर्फबाट निर्मला ईजम, खुल्ला महिला तर्फ टीकादेवी सुबेदी, टीकादेवी दाहाल रहेका छन् भने दलित पुरुष तर्फ बुद्धिमान परियार, छत्र बिक र हरिलाल ठकुरी सुनाम रहेका छन् ।
महिला खुल्लातर्फ कोपिला नेपाली, आदिबासी जनाजाति तर्फ सञ्चपाल मादेन, सूर्यबहादुर र आङबुहाङ, मंगलसिंह केदेम र हिमालयविक्रम चाम्लिङ, दलित तथा अल्पसंख्यकतर्फ गणेश कार्कीढोली खस आर्यतर्फ राजेश प्याकुरेल र धर्मराज घिमिरे तथा खुल्लातर्फ बीरबहादुर माबोहाङ, राधाकृष्ण पौडेल, ईन्द्र शेर्पा र रामकुमार विश्वकर्माको दावेदारी रहेको अध्यक्ष थेबेले बताउनुभयो ।