
इपूर्वपोष्ट
ताप्लेजुङ, २२ भदौ । नेकपा एमालेका सचिब तथा प्रतिनिधि सभा सदस्य साथै पूर्व पर्यटन मन्त्रि योगेशकुमार भट्टराईले जन्मदिनको अवसरमा असक्त विद्यार्थीलाई सहयोग गर्नुभएको छ ।
ताप्लेजुङ जिल्लाको पाथीभरा क्याम्पसमा अध्यरत मैवाखोला गाउँपालिक ५ निवासी जीवन लिम्बुलाई ४४ हजार रुपैंया सहयोग गर्नु भएको हो ।
जिल्ला सदरमुकाममा डेरा गरेर बस्दै आएउनु भएका जीवन लिम्बुलाई माननीय भट्टराईले अध्ययनको लागि स्टेसनरी तथा किताव खरिद गर्न २० हजार रुपैंयाँ र एक बर्ष सम्म कोठा भाडाको रुपमा तीर्नु पर्ने रकम २४ हजार गरि ४४ हजार रुपैंया दिनुभएको छ ।
माननीय भट्टराईले हरेक बर्ष जन्मदिनको अवसरमा गरिब, असहाय, असक्त तथा पीडितलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले असक्त रहेका जीवनलाई थप स्वास्थ्यमा समस्या आईपरे उपचारकालागी आवस्यक सहयोग गर्ने समेत बताउनुभयो ।