
देवराज गुरुङ
ताप्लेजुङ, २० भदौ । धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा मन्दिर क्षेत्रका लागि नेपाल टेलिकम र सनराईज बैंकले सामाग्री प्रदान गरेको छ । नेपाल पत्रकार महासँघको कार्यालयमा शनिबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिलाई सामाग्री प्रदान गरेको हो । टेलिकमले पाथीभरा क्षेत्रमा फोहोर राख्नका लागि ३० वटा डस्बिन प्रदान गरेको छ । समितिका अध्यक्ष रक्की थेबे र कार्यकारी निर्देशक मनमणि काफ्लेले सामाग्री बुझेका छन् । टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री प्रदान गरेको जनाएको छ । पाथीभरामा फोहोर संकलनका लागि डस्बिन उपयोगी मानिएको छ । पाथीभरा क्षेत्रमा फोर जी संञ्चालन गर्नका लागि तयारी सुरु गरेका जनाएको छ । नेपाल टेलिकम प्रदेश नं. १ प्रादेशिक निर्देशानालय विराटनगरका निर्देशक लक्ष्मण महर्जनले फोर जी संञ्चालनको काम भइरहेको बताए । निर्देशक महर्जनले भने,‘पाथीभराको काखमा बोलेका छौ । हामी छिट्टै सफल हुने आशामा छौ ।’
यसैबिच सनराईज बैंकले पाथीभरालाई एक थान डिजिटल घडि र तीन वटा पोर्टेवल ट्वाइलेट प्रदान गरेको छ । बैंकका प्रबन्धक रविन कुमार नेपाल र प्रदेश प्रमूख विवेक कुमार निरौलाले समितिका अध्यक्ष थेबे र कार्यकारी निर्देशक काफ्लेलाई प्रदान गरेका हुन् । करिब २ लाख मूल्य बरावरको सामाग्री रहेको शाखा प्रबन्धक अनिल श्रेष्ठले बताए ।