देवराज गुरुङ,
ताप्लेजुङ, १७ भदौ ।ताप्लेजुङ जिल्ला अस्पतालको सरसफाई ध्यन दिन अस्पताल व्यवस्थापन समितिले ध्यानआकर्षण भएको जनाएको छ । अस्पतालमा भर्ना भएका विरामीको वेडमा प्रयोग गरिने कपडा सफाई गर्ने देखि जिल्ला अस्पताल सरसफाईमा ध्यन दिन समितिले ध्यानाकर्षण गरेको हो ।
शुक्रबार आयोजित डा.महेश गोसाईको स्वागत कार्यक्रमका सहभागीले अस्पताल सफाई तथा विरामी सुत्ने बेडको कपडाको सफाईबारे ध्यानआकर्षण भएको समितिले जनाएको छ । फुङलिङ नगरपालिकानगर प्रमूख अमिर मादेनले भने,‘सरसफाई अस्पतालको गहना हो । समितिको निर्देशन अनुसार जिम्मेवार कर्मचारीले कामगर्नुपर्छ ।’ अस्पताल जस्तो संवेदनशिल क्षेत्रमाकर्मचारीले असरक्षित महसुस गर्ने बातावरणको अन्त्यगर्न सरोकारवालाबिच समन्वयको खाँचो औल्याइएको छ । नगरप्रमूख मादेनले थपे,‘ढुक्कले कामगर्ने वातावरण बनाउनुपर्छ । नगर सरकार सहयोग गर्न तयार छ ।’
प्रमूख जिल्लाअधिकारी महेश कुमार पोखरेलले अस्पतालमा वेतिथिनभई अव्यस्थित रहेको बताए । प्रजिअ पोखरेलले भने,‘बेतिथि नै त नभनौ तर अव्यस्थित छ । कर्मचारीले जिम्मेवारी बोध गरेर कार्य सम्पादन गर्नुपर्छ ।’ अस्पतालमा कर्मचारीको सुरक्षाको विषयमा आफू गंम्भिर रहेको उनले बताए । सुरक्षा संवेदनशिल विषय हो यद्यपी ढुक्कले कामगर्न प्रजिअ पोखरेलले आग्रह गरे । फुङलिङ नगरपालिका उप–प्रमूख भीमादेवी ओझाले अस्पतालमा प्राप्त हुने औषधि विवरण र सरसफाईको विषयमा जिज्ञासा राखिन । उप–प्रमूख ओझाले भनिन्,‘वार्षिक औषधि कति प्राप्त हुन्छ । प्रयोग अर्थात वितरण कसरी हुन्छ ।’ अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमूख छिरिङ शेर्पाले कामको गुणस्तर र कर्मचारीको सेवा सुविधामा आफूहरु गंम्भिर रहेको बताए । अध्यक्ष शेर्पाले भने,‘काम पनि खोज्छौ । सेवा सुविधामा ध्यान पनि दिन्छौ ।’
एनएसआई संस्थाको सहयोगमा डा. गोसाई जिल्ला अस्पताल आएका हुन् । सिनियर क्लिनिकलको अर्डिनेटर डा.गोसाईसँग यसअघि पनि ताप्लेजुङ अस्पतालमा काम गरेको अनुभव छ । डा.गोसाईले भने,‘म सँग पुरानो अनुभव पनि छ । तर कर्मचारीको सुरक्षामा चाहिँगंम्भिर भई दिनुहुन अनुरोध गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय