ताप्लेजुङ, १३ भदौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा सञ्चालन भइरहेको छ ।

मैवाखोला २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि अनमीको भरमा चलेको हो । प्राथमिक केन्द्रमा कार्यरत डा. सर्विन्द्र मण्डल सामयोजनका कारण २०७६ सालमा सरुवा भएपछि चार वर्षदेखि डाक्टरविहीन बनेको मैवाखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्बा शेर्पाले बताउनुभयो । त्यसयता अनमी सुनिता लिम्बुले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिरहनु भएको शेर्पाले बताउनुभयो ।

चार वर्षदेखि निमित्त प्रमुख भएर काम गरिरहनु भएकी अनिता लिम्बुले स्वास्थ्य केन्द्रमा मोबाइलमा टावर नआउने गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबै ठाउँमा अनलाइनको व्यवस्था छ तर यहाँ मोबाइलसम्म चल्दैन । इन्टरनेट नहुँदा तथ्याङ्क प्रविष्ट हुँदैन । अनि कसरी सेवा, सुविधा हुन्छ र डाक्टर आउँछन् ।’

डाक्टर नहुँदा पोस्टमार्टम गर्नुपर्ने शवलाई जिल्ला अस्पताल लैजानु पर्दा स्थानीवासी हैरान भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय