पाँचथर– मंसिर–४ गतेलाई तोकिएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि पाँचथरमा १ हजार ८ सय २४ जना मतदाता हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार श्रावण १९ गतेसम्म संकनल गरीएको विवरण अुनसार यतिका संख्यामा मतदाता थपिएका हुन् ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा मंसिर–४ गतेका लागि १ लाख ४१ ह्जार ६ सय ६९ मतदाता भएका हुन् । स्थानीय तहको निर्वाचनमा १ लाख ४० हजार २ सय २४ मतदाता थिए । तर यो बिचमा अन्य जिल्लामा मतदाता नामावली सारेको निर्वाचन अधिकारी कुमार भटराईले जानकारी दिए ।

निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि भदौँ १३ देखि १५ गतेसम्मलाई समय सिमा दिएको छ । मतदाता नामावली हरेक वार्डमा प्रकाशित गरेर सच्याउने अवसर दिइएको भटराईले जानकारी दिए । यो समयमा झुटा विवरण, दोहोरो नामावली हटाउनका साथै एउटै वार्डमा मतदान स्थल परिवर्तन गर्न समेत पाईने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय