केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १० भदौं । ताप्लेजुङ जिल्लाको भारत सँग सिमाना जोडिएका हिमाली क्षेत्रमा भएका बहुमुल्य जडिबुटी चोरी निकासी नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाई दिन सिदिङ्वा गाउँपालिकाले नेपाल सरकारलाई माग गरेको छ । विशेष गरेर सिमावर्ती क्षेत्रहरुमा चोरी नियन्त्रणको लागि पालिकाले सुरक्षा व्यवस्थाको लागि स–सस्त्र बेशक्याम्पको माग गरेको गाउँपालिका उपाध्यक्ष कृष्ण कुमारी कडरीयाले बताउनुभयो ।
भारतको सिक्किम क्षेत्र सग सिमाना जोडिएको तिम्बुङपोखरी क्षेत्रमा सिक्किमबाट आएर बहुमुल्य जडीबुटीहरु संकलन गरि लाने गरेकाले सुरक्षाको व्याबस्था मिलाउन गाउँपलिकाले कार्यपालिकाको निर्णगरि स–सस्त्र बेशक्याम्पको माग गिरि पठाएको उपाध्यक्ष कडरियाले बताउनुभयो ।
कालिखोलाको हिमाली क्षेत्रमा रहेका बहुमुल्य जडीबुटी कुड्की, विख्मा, विसजरा, केन्जो (पदमचाल), जटामसि, माईकोपीला, भोटेमुला, खोकिम, यार्सागुम्बा तथा बिश्वमा दुर्लभ मानिएका कस्तुरीमृग, रेडपाण्डा र हिम चितुवा समेतको चोरी सिकार तथा चोरी निकासीहुने गरेकोले आगामी तीन महिनाकालागि सुरक्षार्थ हिमाली क्षेत्रमा स्थानीय बासी ३ जनालाई समेत पठाईने गाउँपालिकाले निर्णय गरेको उपाध्यक्ष कडरियाले बताउनुभयो । जब जडीबुडीहरु पाक्छ र संकलन गर्ने बेला यही भदौ दोश्रो साता देखि मंसिरको दोश्रो साता सम्म हुन्छ, अनि भारतको सिक्किमबाट तस्करहरु आएर हिमाली चौरहरुका ती जडीबुटी लानेगरेको स्थानीय बासीले बताए पछि कर्मचारीको व्यावस्था मिलाएको उपाध्यक्ष कडरीयाले बताउनुभयो ।
सिक्किम सँग जोडिएको कालिखोलाको हिमाली क्षेत्र तिम्बुङपोखरी, थाङ्मा खोला, डडेली, द्धान्दुबारी, ठुलो भञ्जाङ, विखे चौर, पाङ्वा, देउराली लगायतका ठाँउमा सिक्किमेहरु चैरी लिएर आउने र जडीबुटीहरु संकलन गरि बोकाएर लैजाने गरेकाले सुरक्षाको लागि गाउँपालिकाले नै स्थानीयबासीलाई रेखदेखको लागि राखिने बताईएको छ ।
उता, स्थानीय सामुदायीक बनहरुले पनि सक्दो सहयोग नर्गे चावाखोला सामुदायीक बनका अध्यक्ष नन्दराम कट्वाले बताउनुभयो । उहाँले ‘चोरी सिकार हुने क्षेत्रहरुमा निगरानी राख्ने र चोरी जडीबुटी संकलन हुने क्षेत्रमा स्थानीयबासी चनाखो बनाउने छौं ।”
जिल्लाका सुरुमखिम, कालिखोला, फलैंचा र पापुङमा चोरीशिकारी र निकासी हुने गरेकाले यी क्षेत्रमा स्थानीय सरकारको ध्यन गए जडीबुटी संरक्षणमा टेवा पुग्ने चोरी निकासी तथा शिकारी नियन्त्रणको क्षेत्रमा धेरै समय विताएका किशोर कुमार राईले बताउनुभयो । यी क्षेत्रमा चोरी शिकारी तथा चोरी निकासी नियन्त्रण गर्न ईकाइ गठन गरि परिचालन गर्ने हो भने चोरी निकाशी तथा चोरी सिकारी नियन्त्रण हुने समेत राईले बताउनुभयो । जिल्ला वन कार्यालयले नागबेली पाउडर, धुपी, अग्रेली तथा वनमुला लगायतको लागि संकलन पुजी दिईने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय