एउटा रंगशाला ‘ह्याट’जस्तै आकारको छ । अर्को ढुवानी कन्टेनरबाट बनाइएको छ भने तेस्रोको पाल टाँगेजस्तो मात्रै देखिन्छ । कतारले आगामी नोभेम्बरदेखि यस्तै फरक–फरक र अनौठा रंगशालामा विश्वकप प्रतियोगिता गर्दै छ । सन् २०२२ को फिफा विश्वकपका लागि कतारमा ८ वटा आकर्षक र सुविधासम्पन्न रंगशाला निर्माण भएका छन् ।
आठैवटा रंगशालाबीचको दूरी करिब एक घन्टाको ‘ड्राइभ’ र बढीमा ४३ माइल छ । प्रतियोगिताका लागि आठ स्थानमध्ये सातवटा ‘स्क्र्याच’बाट निर्माण गरिएका छन् । ६ रंगशालाका करिब आधा सिट विकासशील देशका लागि छुट्याइनेछ । २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने विश्वकप  रंगशालाबारे फुटबलप्रेमीका लागि रोचक जानकारी :
आयोजकहरूका अनुसार रंगशाला वातावरणीय अभ्यासलाई ध्यानमा राखेर निर्माण गरिएका छन् । सबै रंगशालाले विश्वव्यापी स्थिरता मूल्यांकन प्रणाली (जिएसएएस)बाट चार र पाँच स्टार प्राप्त गरेका छन् । रंगशाला र तालिम क्षेत्र निर्माणको प्रारम्भिक लागत ४.७ अर्ब पाउन्ड थियो । सबै रंगशाला सौर्य–प्यानल फार्मद्वारा सञ्चालित हुनेछन् र केहीमा बाहिरी वातानुकूलितसहित चिस्यान प्रणाली जडान हुनेछ ।
सन् २०१० मा कतारमा विश्वकप आयोजना हुने घोषणासँगै रंगशालाको निर्माण पक्षलाई लिएर कतार विवादित पनि बनेको थियो । एम्नेस्टी इन्टरनेसनलले कतारलाई २० लाखभन्दा बढी आप्रवासी कामदारलाई दुव्र्यवहार र श्रम शोषण गरेको आरोप लगाउनुका साथै हजारौँको अप्रत्याशित मृत्यु भएको जनाएको छ । पूर्वाधार निर्माण र सञ्चालन तत्व कार्बन उत्सर्जनको झन्डै एकचौथाइ जिम्मेवार हुने फिफाको प्रतिवेदनमा उल्लेख छ । नयाँ पात्रिका दैनिकको अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय