भोमादेवी पोख्रेल
ताप्लेजुङ, ४ भदौ । ताप्लेजुङमा तीन बर्ष पछि मनाईएको गाईजात्रा पर्ब नेवार समुदायमा मात्र सिमित रहेन । विषेस गरेर नेवार समुदायले मनाईने लाखेजात्रा अहिले आएर साँझाबनेको छ । देशभरी मनाईदै गरेको जात्रा जिल्लामा कृष्ण जन्माष्टमीको अवसरमा भब्यरुपमा मनाईएको छ । कोरोना कहरका कारण शिथिल बनेको यो पर्व तथा समुदायको संस्कृति यस बर्ष भने माथि उठेको महसुस भएको छ ।

जिल्लामा गाईजात्रा नेवार जाती र नेवार समुदायमा मात्र सिमित रहेन । गाईजात्रा पर्व जिल्लाका बाहुन, क्षेत्री, लिम्बु, शेर्पा, मगर, खवास, कामी, दमाई लगायत सम्पुर्ण जिल्ला बासिको साँझा पर्व बनेको छ । ग्रमिण क्षेत्रबाट बृद्ध देखि बालक सम्म जात्रा मनाउन जिल्ला सदरमुकाम आएका छन् ।
झरिझट् लिम्बुनि भेषमा स्रीबन्दि लगायतका गहनाहरुले सजिएर ग्रामिण क्षेत्रबाट लिम्बु समुदायका बृद्धाहरु समेत लाखेजात्रा मनाउन तथा लाखे नाचेको हेर्न आएका छन् ।

त्यतिमात्र होईन कुमार सिवा(नेपाली) आफुले यस पर्बमा लाखे भएर जात्रा मनाईरहेको बताउछन् । उनि भन्छन् ‘यो संस्कृति कसैको प्यावा होईन यो समाजमा मनाइने भएकाले सबै सबैको साझा बनाएर जानु हाम्रो कर्तव्य हो ।’
त्यस्तै अर्का लाखेजात्राका लाखेबनेका गोविन्द खवास पनि यो पर्व सबैले भव्य मनाउनु पर्छ र संकृतिको जर्गेना गर्नु पर्ने पक्षमा छन् । यो पर्ब मात्र होईन लिम्बु, राई शेर्पालगायतले मनाईने सबै पर्वलाई हामिले साझा बनाएर लाने हो भने नेपाली संकृतिको जगेर्ना हुने खवासको भनाई छ ।

नेपाल भाषा तथा संकृति समाजका जिल्ला अध्यक्ष शंकर क्षेष्ठले यो पर्व सबै समुदायमा पु¥याएर संकृतिको जगेर्ना गर्नु पर्ने बताउनुभयो । हामिले कार्यक्रमको आयोजना गरेर जात्रा मनाएका छौं, तर सबै समुदायका मानिसहरु यसरी भेलाभएकोमा सबैलाई धन्यबाद समेत दिनुभयो । यी नेपाली संस्कृतिहरुलाई हामीले जोगाएर राख्ने र पर्यटन प्रर्वदनमा लाउने हो भने अवस्य आर्थिक उन्नती समेत हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय