इपूर्वपोष्ट
ताप्लेजुङ, ४ भदौं । आगामी मंसिर ४ गते हुन लागेको संघीय तथा प्रदेश निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ताप्लेजुङ जिल्लाबाट सर्वसम्बत उम्मेदवारको सिफारिस गरेको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाले संघीय तथा प्रदेशका उम्मेदवारको लागि सर्वसम्वतबाट सिफारिस गरेको बताए ।
गठबन्धनको एक घटक एकीकृत समाजवादीले माथिबाट केही निर्णय नआउदै संघ तथा प्रदेशका उम्मेदवारको लागि सिफारिस गरेको छ । एसले एक निर्वाचन क्षेत्र रहेको संघमा केन्द्रीय सदस्य समेत रहेका हर्क याक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईलाई सिफारिस गरेको जिल्ला समन्वय समितिको संयोजक समेत रहेका अध्यक्ष लामाले बताए।
एसले संघको समानुपातिकतर्फ अम्बिकाराज भण्डारी, डम्बर बहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाईँलाई सिफारिस गरेको अध्यक्ष लामाले बताए ।
उता, प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ मा शम्भु गौतम, डालकुमार गुरुङ, सुनिता मादेनलाई सिफारिस गरेको छ। क्षेत्र नं. ‘ख’ मा खेमबहादुर वनेम, मञ्जु भट्टराई र ठाकुर सिंह नाल्बोलाई सिफारिस गरेको छ । प्रदेश समानुपातिकतर्फ निता शिवा, रामचन्द्र पोमु, देवीमाया नेपाली र अम्बर लोहारको नाम पठाइएको छ ।
गठबन्धनका तर्फबाट ताप्लेजुङ जिल्ला भागमा परेमा निर्वाचन लड्ने र भाग नपरेपनि गठबन्धनलाई सघाएर जाने अध्यक्ष लामाले बताए । समानुपातिकमा भने अहिले सिफारिस भएकाहरु कायम हुने पनि अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय