
फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारको सुझाव
प्रशान्त ताम्राकार फेसन कोरियोग्राफर हुन् । कलाकारितामा समेत जमेका प्रशान्त पहिरनमा नयाँ–नयाँ प्रयोग र सिर्जना गर्न रुचाउँछन् । ताम्राकारको नजरमा कुन सेलेब्रिटीलाई कस्तो लुक्स सुहाउँछ त ?
बालेन्द्र साह बालेन
बालेन्द्र साहजीको लुक्स मेयर भएपछि केही परिवर्तन भएको देख्छु । दौरा–सुरुवाल, टोपी लगाउन थाल्नुभएको छ । उहाँको ओहदाअनुसार यो लुक्स म्याच पनि गरेको छ ।
सुनीता डंगोल
मोडलिङ फिल्डबाट राजनीतिमा आएपछि उहाँको पहिरन पनि परिवर्तन भएको छ । सारीमै उहाँको व्यक्तित्व खुलेको छ । नेपालीपन झल्कने पोसाकलाई नै निरन्तरता दिन सुझाव दिन्छु ।
रवि लामिछाने
रवि लामिछानेजीलाई सर्ट, पाइन्ट र कोटमा राम्रो देखिन्छ । अर्थात्, अहिलेकै पहिरनलाई क्यारी गर्दा राम्रो छ । तर, उहाँलाई ब्राइट कलरको कपडा अझै धेरै सुहाउँछ ।
अनमोल केसी
अनमोलले उसलाई सुहाउँदो पहिरन नै गरिरहेको हुन्छ । हल्का दाह्री राख्दा फरक लुक्स आउँछ भन्ने मलाई लाग्छ । क्याजुअल पोसाकमा स्मार्ट देखिन्छ ।
नम्रता श्रेष्ठ
नम्रता स्थापित अभिनेत्री हुन् । अभिनयसँगै फेसन र स्टाइलमा पनि उनले निकै ध्यान दिन्छिन् । उनको आफ्नै खालको व्यक्तित्व छ । त्यसैले कुनै पार्टिकुलर कपडा लगाउनुपर्छ भन्ने छैन, सबै सुहाउँछ । सारीमा अझ राम्री देखिन्छिन् ।
साम्राज्ञी राज्यलक्ष्मी शाह
साम्राज्ञी फेसन कन्सियस अभिनेत्री हुन् । उनलाई पश्चिमा डिजाइनका कपडा धेरै सुहाउँछ भन्ने लाग्छ । उनी अधिकांश चलचित्रमा ग्ल्यामरस देखिएकी छन् । उनको स्टाइलिस रूपलाई दर्शकले मन पराएका छन् । त्यसैलाई क्यारी गर्दा हुन्छ ।
पारस खड्का
खेलाडीका रूपमा पारसको छवि उँचो छ । त्यसैले उनलाई स्पोर्टस् वेयरमै राम्रो देखिन्छ, अरू कपडा सुहाउँदैन भन्ने होइन । नयाँ पात्रिका दैनिकको अनलाईनबाट लिएको हो ।