भोमादेवी पोख्रेल
ताप्लेजुङ, २४ साउन । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका २ मा रहेको मैवाखोला माध्यमिक विद्यालयमा कोरोना देखिए पछि विद्यालय बन्द भएको छ । बुधबार देखि दश दिनका लागि विद्यालय बन्द हुने बताईएको छ ।
विद्यालयमा विद्यार्थीहरुलाई रुघाखोकि तथा ज्वारो आउने देखिएपछि एन्टिजेन परिक्षण गरिएको थियो । ३७ जना विद्यार्थीमा गरिएको एन्टिजेन परीक्षणमा १ जनालाई कोरोना देखिएको थियो । सो परिक्षणबाट कोरोना देखिए पछि विद्यार्थी तथा शिक्षकमा हो–हल्ला भएको छ । विद्यालय बन्द गर्नु परेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकास वनेमले बताउनुभयो । उहाँले १० दिनका लागि विद्यालय बन्द गर्नु पर्ने भएकाले बन्द गरिने अध्यक्ष वनेमले जानकारी दिनुभयो
उता, कोविट समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी महेश पोख्रेलले मैवाखोला २ मा रहेको मैवाखोला मा.वि.लाई बन्द गर्न भनिएको बताउनुभयो । यो चौथो लहरको कोविट अहिले सम्म यस जिल्लामा देखिएको थिएन तर, सो विद्यालयमा देखिए पछि बन्द गर्नु पर्ने अवस्था आएको पोख्रलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय