
कमल भट्टराई
फुङलिङ ७ चारगाउँ ताप्लेजुङ,
तारेभीर ताप्लेजुङको दोखूबाट प्रकाशित साहित्यमुलक, खोजमुलक, विचारमुलक, समाचारमुलक द्घैमासिक पत्रिका थियो । यसका प्रधानसम्पादक भरत गुरुङ, सह—सम्पादक टीका पालुङवा र श्यामकिरण पालुङवा, सम्पादक राजकुमार गुरुङ हुनुहुन्थ्यो, अतिथि सम्पादकमा रत्नकुमार गुरुङ, प्रकाश इजम तथा कार्यकारी सम्पादकहरुमा डि.बी. पालुङवा, संगिता पालुङवा, सपना घिसिङ, डिल्ली पालुङवा, विरु पालुङवा, निरा गुरुङ प्रबन्ध निर्देशक बुद्घराज पालुङवा रहेको यस पत्रिकाका सल्लाहकारहरु अकिञ्चन् भट्टराई, प्रविण पालुङवा र मोती पालुङवा रहनुभएको देखिन्छ । अहिले आएर यस पत्रिकाका सबै अंकहरु भेला गर्न अथवा पाउन कठीन हुँदै गएको छ । यस तारेभीर पत्रिकाले साहित्य तथा अन्य विविध विषयमा खेलेको भुमिका हेर्दा यहाँका साहित्यिक तथा अन्य पत्रपत्रिकाहरुको अध्ययन गर्नेहरुले यसको समेत खोजी गर्नु राम्रो हुने देखिएको छ ।
तारेभीरको वर्ष १ अंक ३ ( २०६१ पौष, माघ ) प्राप्तभए अनुसार जम्मा १६ पेज भित्र विविध विषय बस्तुहरु समेटिएका छन् ।
गजल —
यसमा निम्न गजलकारहरुका गजल प्रकाशित भएको पाइएको छ । गजलकार सुवास “अन्जान विवस” लाबुङ आर आर क्याम्पस काडमाण्डौ, याशिका “स्काई” मेन्याङबो थेचम्बू ४ ताप्लेजुङ, लिलिस पोमू “सेवा” नेग्रादिन ६ ताप्लेजुङ, सुक्र चोङवाङ “लिम्बू” मेमेङ ८ पाँचथर, सुर्य तामाङ दोखू ९ ताप्लेजुङ, विशाल साम्पाङ राई चमैता ९ इलाम सहित यस अंकमा ६ वटा गजलहरु समावेश भएको पाइएको छ ।
कविता—
घायल पनि हुन सक्छ— कविता चोङबाङ “लिम्बू” फाकुम्बा ९ ताप्लेजुङ, विश्वास घात — पुष्पा वनेम फाकुम्बा २ ताप्लेजुङ, पूर्बेली साहित्यकार — पाताल पोखरी, मेरो पियारो खोक्लिङ — भीमकुमार मादेन भानु मा.वि. कक्षा १२, भाइको दुखेसो — “विवस” सन्देश खिम्दीङ “सुब्बा” नाङखोल्याङ ९ चनौटे ताप्लेजुङ, नखोज आफ्नो बनाउनलाई— सञ्जु तामाङ “दुःखी” दोखू ४ खोदम्बू, ईच्छा — सन्तोष यात्री लाबुङ लिम्बू पाथीभरा क्याम्पस ताप्लेजुङ गरेर जम्मा ७ कविता पाइन्छ ।
मुक्तक
समुएल राई— फुङलिङ ४ जौबारी ताप्लेजुङ, “असफल” कमला हाङसरुम्बा— भारपा ४ पाँचथर, सुजता राई— चमैता ९ इलाम, रामु सुब्बा (सेन्दाङ) फुलबारी २ रमिते ताप्लेजुङ, पासाङ क्षितिज— नाल्बू ६ ताप्लेजुङ, नानु मनिष सुब्बा — दोखू ७ किराँतचोक, मित्र विरही ढुङ्गेल— नाङखोल्याङ ७ ताप्लेजुङ, अनिता हेल्लोक— फुङलिङ ७ ताप्लेजुङ, विनोद सुवेदी “आलोक” दोखू ९ ताप्लेजुङ सहित जम्मा ९ मुक्तक समेटिएका छन् ।
तिता —मिठा—
मायालु “अन्जान” दुःखी — फुङलिङ ४ ताप्लेजुङ, मिलन राहुल तमु — फुङलिङ ७ बाँजोगरा ताप्लेजुङ, धनकुमार “विमन” “आँशु” लिबाङ— लिवाङ ९ ताप्लेजुङ, सुमन “आशिक” श्रेष्ठ फुङलिङ ४ जौबारी ताप्लेजुङ, “प्रिय म”अमृता सुब्बा— थेचम्बू ताप्लेजुङ,
गीत—
ठाकुर सिं लिम्बू— फुङलिङ ४ तोक्मा ताप्लेजुङ,
प्रेम—पत्र—
तमोरखोले “शंकर”— फुङलिङ ७ ताप्लेजुङ,
चुट्कीला—
विरु पालुङवा “माइली”—दोखू ८ ताप्लेजुङ
परिचय
छातेढुङ्गा
जाकारी
संसारको सबै भन्दा ठूलो बुद्घमूर्ति निर्माण हुने
अविश्मरणीय क्षण
भुपाल गुरुङ — आदर्श उ.मा.वि. इलाम
यस भित्रका सर्जकहरु अहिले कहाँ र के गर्दै होलान् किन हराउँछन् सर्जकहरु किन मर्दै जान्छन् तिनका विचारहरु । वास्तवमा सृजना विचार हुन र दृष्टिकोण हुन् । एउटा असल विचार हराउनु समाजले बाटो विराउनु सरह हुन जान्छ भन्ने गरिन्छ ।
थप अरु अंकको खोजमा क्रमशः