कमल भट्टराई
ताप्लेजुङ, १ साउन । माओवादी केन्द्रको लागि २०७९ सालको स्थानीय निर्वाचन हाँसो पछिको सन्नाटा बनेको छ । नौ वटा स्थानीय तहमा ९ जना प्रमुख र ९ जना उपप्रमुख गरि १८ जना निवार्चित हुँदा नेकपा एमाले ६ जना, नेपाली काँग्रेस ६ जना, माओवादी केन्द्र ५ जना र नेकपा एकिकृत समाजवादी १ जना निर्वाचित भएका थिए । यसरि १२ जना गठबन्धनको समुहमा थिए भने ६ जना नेकपा एमालेका रहेका थिए ।
ताप्लेजुङ गठबन्धनले स्थानीय निर्वाचन पूर्व नै जिल्ला समन्वय समिति सहितको भागवण्डा गरि गठबन्धनलाई दर्विलो बनाएका थिए । माओवादी केन्द्र जिल्ला समन्वय समिति प्रमुख, नेकपा एकिकृत समाजवादी उपप्रमुख र नेपाली काँग्रेस सदस्यहरुमा रहने गरि पद विभाजन गरेर गठबन्धन निर्वाचनमा होमिएको थियो । माओवादी केन्द्रले जि.स.स. प्रमुखमा मिङ्मा डण्डु शेर्पा र नेकपा एकिकृत समाजवादीले उपप्रमुखमा छिरिङ लामालाई उठाउने गरि निर्णय गरेका थिए ।
गठबन्धन पक्ष दर्विलो देखिए पछि माओवादी केन्द्रमा थोरै खटपट बढेको देखियो, फुङलिङ नगर कमिटी अध्यक्ष गंगा शंकरले उमेदवारी दिने र एक नम्बर प्रदेश कमिटी सचिवालय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजय वनेमले शंकरको उमेदवारीलाई प्रस्ताव गर्ने काम उमेदवारी दिने दिन विहान ११ः०० बजे तिर भए पछि गठबन्धन समुहमा खैलाबैला भएको थियो । माओवादीले थप उमेदवारी दिन नमिल्ने भए पछि लगभग २ः०० घण्टाको छलफलबाट उपप्रमुख पाएको एकिकृत समाजवादीले प्रमुखमा दिने र नेपाली काँग्रेसले उपप्रमुखमा उमेदवारी दिएर माओवादीलाई सदस्य संख्या बढाउने निर्णय भए पछि नेकपा एकिकृत समाजवादीका अध्यक्ष छिरिङ लामा जि.स.स. प्रमुख र नेपाली काँग्रेसका कृष्णप्रसाद लिङखिमलाई उपप्रमुखमा उमेदवारी दिने गरि निर्णय गरेर चुनावी मैदानमा होमिए ।
ताप्लेजुङ जिल्ला समन्वय समिति बनाउन गठबन्धन १२ र नेकपा एमाले ६ मत लिएर मैदानमा जाँदा खेलको अन्त्यमा गठबन्धन १० र एमाले ८ मत हुन पुगे । यसरि गठबन्धनका २ मत हराए पछि माओवादी केन्द्र र नेपाली काँग्रेसमा एउटा काम थपियो र दुई दलले हराएका दुई मत खोज्न थाले । अहिले पनि ताप्लेजुङ गठबन्धनमा यो विषय निकै पेचिलो बन्दै गएको सम्बन्धित पक्षले बताएका छन् । माओवादी केन्द्रले ताप्लेजुङ जिल्ला समन्वय समिति निर्वाचनमा पार्टीको निर्णय विपरित जि.स.स. प्रमुखमा उमेदवारी दिने गंगा शंकरलाई पार्टीको सम्पूर्ण जिम्मेवरीबाट हटाएको र उनको समर्थन गर्ने विजय वनेमलाई स्पष्टिकरण सोधेको तथा उनका कृयाकलापहरु बारे केन्द्रमा लेखि पठाएर कार्यवाहीको लागि सिफारिस गरिएको ताप्लेजुङ माओवादी केन्द्रका जिल्ला अध्यक्षले बताएका छन् । यता कार्यवाहीको घेरामा परेका प्रदेश सचिवालय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजय वनेमले भने सामाजिक सञ्जाल मार्फत पाटी कसैको विर्ता, पेवा वा दाइजो नभएको र यस्तो बनाउन खोज्नेहरु संग संघर्ष गरिरहने बताएका छन् ।
माओवादी केन्द्रको प्रदेश र केन्द्रीय तहमा छानविन समिति र अनुशासन आयोगहरु रहेका र यदि आवश्यक परे हरेक ठाउँबाट यसको खोज, छानविन र सिफारिस हुन सक्ने तथा यसले पार्टीलाई अझ मजबुत बनाउन सक्ने माओवादी केन्द्र निकट स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय