इपूर्वपोष्ट
ताप्लेजुङ, ३० असार । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रामा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ । दुइजना घाईते भएका छन् ।
मेरिङदेन गाउँपालिका २ सान्थाक्रा मैइखुका १५ बर्षका बालक लाकुमार शेर्पालाई चट्याङले हान्दा घटना स्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष डम्बर हाङ्गामले बताउनुभयो । स्थानीय सुर्यदेवी माविमा कक्षा ९ मा अध्ययनरत शेर्पालाई दिउसो करिब ४ बजे तीर बर्षा सहित परेको चट्याङ्ले लागेर मृत्यु भएको हो । अध्यक्ष हाङ्गामका अनुसार घाईते हुनेमा निमलामु शेर्पा र नितेम्बा शेर्पा रहेका छन् ।
उनिहरुको उपचार सान्थाक्रा स्वास्थय चौकीमा भएको छ । घाईते एक जनाको कानमा चोट लागेको छ भने एकजनाको नाकबाट खुन आएको देखिएको छ । तर, उनिहरु साधारण रहेका छन् । उता, मृत्यु हुने लाकुमार शेर्पाको भने कतै चोट पटक देखिदैन । मृतकको पोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगि सकेको अध्यक्ष हाङ्गामले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय