केशबप्रसाद भट्टराई
ताप्लेजुङ, २ जेठ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली काग्रेसका अमिर मादेन विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवार मादेनले २३६७ मतको भारी अन्तरले नेकपा एमालेका छत्रपति प्याकुरेललाई पछि पार्दौ बिजय हासिल गर्नु भएको हो । उहाँले ६१७९ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रत्यासी नेकपा एमालेका छत्रपति प्याकुरेलले ३८१२ मत मात्र प्राप्त गर्नु भएको छ । २०७४ सालको निर्बाचनमा विजयी बनि ५ बर्ष मेयर चलाउनुभएका प्याकुरेल फराकीलो मतले पराजीत हुनुभएको हो ।


उता, उपमेयर पदमा भने नेकपा एमालेकी भीमादेवी ओझाले ४३३ मतको अन्तरले बिजयी बन्नु भएको छ । उहाँले ४२७७ मत प्राप्त गर्नु भएको छ । ओझाका प्रत्यासी गठबन्धनका तर्फबाट नेकपा माओबादीका उम्मेदवार बमबहादुर भट्टराईले ३८४४ मत प्राप्त गर्नुभएको छ । बिजयी ओझा पनि नेकपा एमालेका तर्फबाट नगरपालिको वडा नं.५ को वडाध्यक्ष चलाई सक्नु भएको हो । पराजीत बन्नुभएका भट्टराई गएको ५ बर्ष उपमेयर पद सम्मालि सक्नु भएको हो ।
एता, नगरपालिकाको ११ वडा मध्ये नेकपा एमालेले ३, ४, ७ र ९ वडामा वडाध्यक्ष जीतेको छ । भने उता, गठबन्धनका तर्फबाट नेपाली काग्रेसले वडा न..१, ६ र ८ को वडाध्यक्ष जीत हात पारेको छ । गठबन्धन कै अर्को घटक नेकपा माओबादीले वडा नं. ५, १० र ११ को वडाध्यक्ष जीतेको छ भने गठबन्धनको अर्को दल नेकपा एसले वडा नं. २ को वडाध्यक्ष जीत हासिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय