इपूर्वपोष्ट
ताप्लेजुङ, २ जेठ । नेकपा एमालेका सचिब तथा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रि योगेशकुमार भट्टरार्ईको गृह गाउँपालिका मैवाखोलामा नेकपा माओबादीले जीत हासिल गरेको छ ।
नेपालमा प्रजातन्त्र स्थापना भएपछि सो गाउँपालिकाका तत्कालिन फाकुम्बा गाउविकास समिति, साँघु गाउँविकास समिति र मनदन भण्डारीको जन्म थलो समेत रहेको ढुङ्गेसाँघु गाउँविकास समितिमा ३० बर्ष सम्म एमालेलेको जित हुदै आएको थियो ।
तर, तीस बर्ष सम्म एमालेले विजय हासिल गरेको ती तीन गाउँपालिका मिलेर बनेको मैवाखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माआबादीका विजयप्रकाश वनेम (लिम्बु) विजयी बन्नु भएको छ ।
वनेमले ५५७ मत बढिल्यएर विजय हासिल गर्नु भएको हो । उहाँले जम्मा २६०९मत ल्याई बिजय हासिल गर्नु भएको छ । उहाका प्रत्यासि नेकपा एमालेका राजन थत्लुङले २०५२मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै गठबन्धन कै नेपाली काग्रेस कि कमलकुमारी वनेमले ४४० मत बढिल्याएर विजय हासिल गरेकी छन् । उहाँले २५४१ ल्याउनु भएको छ भने उहाँका प्रत्यासी कैशिला थत्लुङले २१०१ मत प्राप्त गर्नु भएको छ । राजन र कैशिला गएको कार्यकालमा पनि अध्यक्ष तथा उपाध्यक्ष रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय