ईपूर्वपोष्ट
ताप्लेजुङ, २ जेठ । ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका गठबन्धनले जीतहात पारेको छ । गठबन्धनका उम्मेदवार नेकपा माओबादीका राजन लिम्बुले ३४८ मत बढि ल्याई विजय हुनुभएको हो । उहाँले २६६० मत प्राप्त गर्नु भएको छ । उहाँका निकतम प्रतिद्धान्दि नेकपा एमालेका सरोज एभेङले २३१२ मत प्राप्त गर्नु भएको छ । एभेङ एक कार्यकाल अध्यक्ष चलाई सक्नु भएको छ ।
उता, उपाध्यक्षमा पनि गठबन्धका उम्मेदवार नेपाली काग्रेसका रविन साम्रा लिम्बुले १४६ मत वढि ल्याई बिजय हात पारेका छन् । उहाँले २३५८ मत प्राप्त गरि बिजय हासिल गरेका हुन भने उहाँका निकतम प्रतिद्धन्दि नेकपा एमालेका शान्तिमाया लिम्बु पौडेलले २२१२ मत प्राप्त गरेकि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय