
इपूर्वपोष्ट
ताप्लेजुङ, ३१ बैशाख । मेरिङदेन गाउँपालिका वडा नं. १ मा एमालेका सबिन कुमार चोङबाङ विजयी हुनुभएको छ । सविनले ४७४ मत ल्याई बिजयी हुनुभएको हो । उता, उहाँका निकतम प्रतिद्धन्दी गठबन्धन नेपाली काग्रेसका टेकबहादुर ओख्राबुले ४५६ मत प्राप्त गर्नुभएको थियो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ मा गठबन्धन नेकपा माओबादीका लक्षुमन राई सहित प्यानल नै विजय भएको छ ।
माओबादीका लक्षुमनले ३८८ मत ल्याएर विजयी हुनुभएको हो । उहाका प्रतिद्धान्दि नेकपा एमालेका सन्तोष लिम्बुले ३०१ ल्याई विजयी हुनु भएको छ । अन्य सदस्यहरुमा नेपाली काग्रेसका तिलोकमान लिम्बु, सन्जु आङबुहाङ, महिला सदस्य चन्द्रा शेर्पा र दलित महिला सदस्य गितादेवी विश्वाकर्मा बिजयी भएका छन् ।