केशबप्रसाद भट्टराई
ताप्लेजुङ, ३१ बैशाख ।
फुङलिङ नगरपालिकाको ११ नम्बर वडामा माओबादीको प्यानल बिजयी
ताप्लेजुङको फुङलिङ नगरापालिका वडा नं. ११ मा गठबन्धन नेकपा माओबादीका युवराज भट्टराई सहित प्यानल नै विजय भएको छ ।
माओबादीका युवराजले ३५४ मत ल्याएर विजयी हुनुभएको हो । उहाका प्रतिद्धान्दि स्वतन्त्र उम्मेदवार मनित इजमले २४९ मत प्राप्त गरेको छ भने एमालेका सबिन विष्टले २०१ मत प्राप्त गरेको छ ।

उता, महिला सदस्यमा माओबादी कै विनिता राईले ३५७ मत प्राप्त गरेको छ भने दलित महिला सदस्यमा माओबादी कै कमला विश्वकर्माले ३४७ मत प्राप्त गरेको छ । सदस्यहरुमा माओबादी कै क्रमसः नन्दकुमार लिम्बुले र लक्ष्मि प्रसाद विष्टले ३७८ र ३३७ मत प्राप्त गरि विजयी भएका छन् ।
फुङलिङ नगरपालिकामा गठबन्दका काग्रेसका मेयर पदका उम्मेदवार अमिर मादेनले ५०१ मत प्राप्त गर्नु भएको छ । भने एमालेका छत्रपति प्याकुरेलले २०७ मत प्राप्त गर्नुभएको छ । एता, उपमेयर गठबन्धनका बमबहादुर भट्टराईले ४९१ मत प्राप्त गर्नु भएको छ भने एमालेका भीमादेवी ओझाले २१४ मत प्राप्त गर्नु भएको छ ।
मैवाखोला ६ मा एमालेको प्यानलै बिजयी


मैवाखोला ६ मा वडाध्यक्ष सहित नेकपा एमालेको प्यानल नै विजयी भएका छन् । एमालेका राजुमान लिम्बुले ३९१ मत प्राप्त गरि विजयी बनेका छन् । उनका निकतम प्रतिद्धान्दि गठबन्द काग्रेसका उम्मेदवार सन्तकुमार थोप्राले ३६८ मत प्राप्त गरेका छन् ।
उता, मैवाखोला गाउपालिकामा गठबन्धन तर्फबाट माओबादीबाट अध्यक्षका उम्मेदवार बिजय वनेमले ३८१ मत प्राप्त गर्नु भएको छ भने एमालेका अध्यक्षका उम्मेदवार राजनकुमार थत्लुङले ३२६ मत प्राप्त गर्नु भएको छ ।
उपाध्यक्षका उम्मेदवार गठबन्धनका तर्फबाट नेपाली काग्रेसका कमल कुमारी लिम्बुले ३९७ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार कैशिला थत्लुङले ३३६ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय