भोमादेवी पोख्रेल
ताप्लेजुङ, ३० बैशाख । ताप्लेजुङ जिल्लामा शुक्रबार भएको स्थानीय तहको निर्बाचनमा ६४.७६ प्रतिशत मत खसेको छ ।
जिल्लामा ८९ हजार ६ सय ८० मत रहेकोमा ५७ हजार १४२ मत खसेको मुख्य निर्बाचन कार्यालयका प्रमुख तथा जिल्ला न्यायधिस प्रकाश राउतले बताउनुभयो ।
जिल्लाको सबै भन्दा धेरै मेरिङदेन गाउँपालिकामा ७०.७७ प्रतिशत मत झरेको छ । सो गाउँपालिकामा ८ हजार ६ सय ३ मध्ये ६ हजार ९५ मत खसेको मुख्य निर्बाचन कार्यालयका प्रमुख तथा जिल्ला न्यायधिस राउतले बताउनुभयो ।
जिल्लाको सबै भन्दा धेरै मतदाता रहेको फुङलिङ नगरपालिकामा ६४.१२ प्रतिशत मत खसेको छ । १७ हजार २ सय २ रहेकोमा ११ हजार ३३ यति मत खसेको हो ।
जिल्लाको सबै भन्दा ठुलो गाउँपाकिला फक्ताङलुङमा ६५.५३ प्रतिशत खसेको छ । ८ हजार ८ सय ९० मत रहेकोमा ५ हजार ८ सय २६ मत खसेको हो ।
उता, आठराई त्रिवेणी गाउँपालिकामा ६२.३२ प्रतिशत मत खसेको छ । ९ हजार ७ सय ४३ मत रहेकोमा ६ हजार ७३ मत खसेको हो ।
मैवाखोला गाउँपालिकामा ६५.१४ प्र्रतिशत मत खसेको छ । ७ हजार ७ सय ९७ मत रहेकोमा ५ हजार ८५ मत खसेको हो । पाथिभार याङवरक गाउँपालिकामा ६२.०३ प्रतिशत मत खसेको छ । ९ हजार ९ सय ४१ मत हरेकोमा ६ हजार १ सय ६७ मत खसेको हो ।
सिदिङ्वा गाउँपालिकामा ६५.४७ प्रतिशत मत खसेको छ । ८ हजार ८ सय ७८ मत मध्ये ५ हजार ८ सय १३ मत खसेको हो । जिल्लाको दोश्रो धेरै मतदाता रहेको सिरिजंगा गाउँपालिकमा ६२.२२ प्रतिशत मत खसेको छ । ११ हजार ६ सय ६९ मतदाता रहेको सो गाउँपालिकमा ७ हजार २ सय ५५मत खसेको हो । मिक्वाखोला गाउँपालिकामा ६५.२७ प्रतिशत मत खसेको छ । ६ हजार ९ सय ६७ मत मध्ये ४ हजार ५ सय ४८ मत खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय