
इपूर्वपोष्ट
ताप्लेजुङ, ३० बैशाख । ताप्लेजुङका सबै क्षेत्रमा सौहार्द पुर्ण तरिकाबाट मतदान भईरहेको छ ।
मतदान गर्न काखीमा नानी च्यापेर मतदान केन्द्रमा आएका छन् भने केही डडेल्लामा बोकीएर मतदान गर्न उत्साहित भएर आएका छन् । हिमाली जिल्ला अप्ठ्यारा बाटाहरुमा कसैका छोराले बोकेर मतदान केन्द्रमा पु¥याएका छन् भने कसैले नातीले बोकेर मतदान केन्द्रमा पुगेका छन ।
जिल्लाका हरेक मतदान केन्द्रमा उत्साहित भएर जिल्लाबासीले मतदन गरिरहेको जिल्ला प्रहरीकार्यालय ताप्लेजुङले बताएको छ । सबै भन्दा टाढा र थोरै मतदाता रहेको याङमा मतदान केन्द्रमा पनि मत भईरहेको बताईएको छ ।
जिल्लाका ७३ स्थानका १ सय २२ मतदान केन्द्रहरुमा निर्बाचन भईरहेको मुख्य निर्बाचन कार्यालयका प्रमुख तथा जिल्ला न्यायधिस प्रकाश राउतले बताउनुभयो । निर्बाचन शुरुभएको कबिर ३.३० मिनेट सम्म कुनै अप्रीय घटना नभएको र शान्तपूर्ण वातावरणमा निर्बाचन भईरहेको राउतले जानकारी दिनुभयो ।