
इपूर्वपोष्ट
ताप्लेजुङ, २९ बैशाख । ताप्लेजुङको मिक्वाखोला १ खोक्लिङमा एक जना युवा मृत भेटिएका छन् ।
स्काईभेटर चालक २३ बर्षका विमल कार्की दोभानबाट आफ्नो घर खोक्लिङ तर्फ जाने क्रममा दुम्जा भीरबाट खसेको अवस्थामा राति फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कुशराम कार्कीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोलि घटना स्थलमा पुगेको बताईएको छ । उता, दोभान ईलाका प्रहरी कार्यालयबाट टोलि पुगि सकेको बताइएको छ । घटना के हो र कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।