इपूर्वपोष्ट
ताप्लेजुङ, २८ वैशाख । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
सोही ठाउँको अनुप लिम्बुको १ बर्ष ३ महिनाको छारीसाया लिम्बूको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार हिजो मंगलबार घरको छेउमा रहेको माछा पोखरीमा खेल्ने क्रममा डुबेर निधन भएको होे । बालिकालाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । अस्पताल ल्याईपु¥याउन साथ डाक्टरले बालिकालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ । बालिकाको शवलाई पोष्टमार्टम गरी आज आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय