
भोमादेवी पोख्रेल
ताप्लेजुङ, २७ बैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको मुटुमा रहेको विरेन्द्र चौकमा भएको मतदानमा १३ प्रतिशत मत बदर भएको छ ।
आज साझँ जिल्ला निर्बाचन कार्यालयले गरेको नमुना मतदानमा ५१ मत झरेको मा ७ म तबदर भएको जिल्ला निर्बाचन कार्यालयका प्रमुख दिनेश खनालले बताउनुभयो ।
जिल्लाको मुटु तथा शिक्षित बस्ति रहेको विरेन्द्रचौक जस्तो ठाउँमा नै १३ प्रतिशत भोट बदर हुनुले आगामी ३० गते हुनलागेको निर्बाचनमा के होला भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
गत बार्षहरुमा मतदान शिक्षा जिल्ला भरि सञ्चालन गर्दा समेत मत मतबदर हुने गरेको थियो । तर, बर्ष मतदाता शिक्षा नै नदि गरिएको मतदानमा धेरै मत बदरहुने खतरा रहेको बताईन्छ । मतदातालाई केन्द्रमा नै २८ र २९ गते मत दाता बोलाएर गर्नु पर्ने भएपनि त्यो प्रभावकारी नहुने बताईएको छ ।