
इपूर्वपोष्ट
ताप्लेजुङ, २७ बैशाख । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराईले स्थानीय तहको निर्वाचनमा गठबन्धन पक्षलाइ सहजै पराजित गर्ने बताउनुभयो । जति गठबन्दन भएपनि एमाले एक्लै चुनाबी मैदानमा जान र जनताको मन जित्न सक्षम रहेको दावी गर्नुभयो ।
उहाँले स्वस्थ्य र मर्यादित प्रतिश्पर्धाका लागि राजनीतिक दल र उम्मेदवारहरुलाइ आव्ह्वान समेत गर्नुभयो । उनले एमालेले गरेका रचनात्मक कार्यको प्रशंम्सा जनताले गर्ने दावी समेत गर्नुभयो ।
सोमबार बिहान प्रेस चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेता भट्टराईले हिजोका तीता मिठा बिर्सिएर पार्टी जिताउने महान अभियानमा लाग्न जिल्ला नेता तथा कार्यकर्ताहरुलाइ आव्वाहन गर्नुभयो ।
एमालेले सरकारमा रहँदा प्रतिकुल परिस्थतिलाइ सहज बनाउन खेलेको भूमिका र गरेका रचनात्मक कामका कारण एमालेप्रति जनतामा रहेको आर्कषण र पछिल्ला दिनहरुमा भइरहेको पार्टी प्रवेशको उत्साहले एमाले बलियो शक्ति हुने बताउनुभयो ।
दक्षिणतिर मात्रै आश्रित रहेको पारवहन र अन्तराष्ट्रिय सम्वन्धलाइ उत्तर तीर केन्द्रित गरी चीन र भारतसंगको सम्बन्ध अझ बलियो बनाउन एमालेले खेलेको भूमिकाले स्मरणयोग्य रहेको भट्टराईले दावी गर्नुभयो ।
देशमा एमालेले विकासको मुल फुटाएको बताउदै आधुनिक युगको जग बसाउन आधार तयार गरेको समेत दावि गर्नुभयो । सुरुङमार्ग र रेलमार्ग जस्ता आधुनिक विकासको अवधारणा एमाले कै रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले एमालेले नेता कार्यकर्ताको उत्साहले पनि एमालेको विजय हुने निश्चित रहेको दावी गर्नुभयो । उता, एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाले पार्टी संगठन संगठित भइरहेकोे र गठबन्धन शक्तिबीच देखिएको खटपटी र आन्तरिक द्वन्द्वले गठबन्धन शक्ति कमजोर भइसकेको बताउनुभयो ।