ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगामा छोराले बृद्ध वावुआमाको हत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कैलाश राईका अनुसार आइतराज लिम्वूले विहिवार वेलुका ७० वर्षिय वावु बृखवहादुर र ७२ वर्षिय आमा फिपरानीको हत्या गरेका हुन ।

२५ वर्षिय आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको राईले जानकारी दिए । मादक पदार्थ सेवनका कारण घटना भएको प्रारंभिक जानकारी आएको राईले वताए । स्थानियका अनुसार एकान्तस्थलमा यहाँ २ वटा मात्रै घर रहेका छन । घटनाको जानकारी पनि स्थानियले लेलेप प्रहरी चौकिमा खवर गरेका थिए । आइतराज भेडाको गोठमा बस्ने गर्थे । एकसाता अघिमात्रै पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानियले वताएका छन । पोष्टमार्टको लागि दुवै बृद्धको लास ताप्लेजुङ जिल्ला अस्पतालमा ल्याईदै गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय